Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

सर्वोच्चले प्रतिनिधिसभा फेरि पुनःस्थापना गर्छः योगेश भट्टराई


समृद्ध अनलाईन २० असार २०७८, आईतवार १५:१५ मा प्रकाशित ( हफ्ता अघि) ११५१५ पाठक संख्या

ताप्लेजुङ, असार २० गते । नेकपा एमालेका सचिव योगेश भट्टराईले सर्बोच्च अदालतबाट प्रतिनिधिसभा दोस्रो पटक पनि पुनःस्थापना हुने बताएका छन् । ताप्लेजुङ सदरमुकाममा आइतबार सञ्चारकर्मीसँगको भेटमा भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले आफुहरु एकै कार्यकालमा तेस्रो पटक सांसद बन्ने अवस्था रहेको बताउ‌दै उनले पहिलो पटक जनताले भोट दिएर सांसद बनाए, दोस्रो पटक अदालतले सांसद बनायो र अब तेस्रो पटक पनि अदालतले सांसद बनाने बताए। विगतको फैसलाको नजिर र प्रधानमन्त्रीले प्रक्रिया मिचेर गरेको विघटनका कारण सांसद पुनःस्थापना हुने देखिने उनको भनाइ छ  । एउटै कार्यकालमा दुई–दुई पटक संसद् विघटनको घटना विश्वमा विरलै रहेको भन्दै उनले दुई पटक पुनःस्थापना भएर अर्को पनि रेकर्ड कायम हुने संभावना रहेको बताएका छन् ।

ओलीको निर्णयले देशभरका कार्यकर्तालाई निराश बनाएको भन्दै उनले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर बनाएको कार्यदललाई सक्रिय बनाई समस्याको समाधान खोज्नुपर्ने बताए । पार्टीका २०७५ जेठ २ अघिका सबै कमिटीलाई सक्रिय बनाउने र भविष्यमा पार्टी कसरी अगाडि बढाउने भन्ने सुनिश्चित गर्नेगरि कार्यदलले खाका तयार गर्नुपर्ने भट्टराईको भनाइ छ ।