Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

नेपाल वायुसेवाको बिमानले चीनबाट ल्यायो भेरोसेल खोप


समृद्ध अनलाईन २५ असार २०७८, शुक्रबार ०७:५६ मा प्रकाशित ( हफ्ता अघि) ५१५२ पाठक संख्या

काठमाडौं, असार २५ गते । चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो पटक लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज नेपाल आइपुगेको छ । निगमका अनुसार चालकदलका १२ सदस्यसहित बेइजिङ गएको जहाज आज बिहान साढे ६ बजे काठमाडौं अवतरण भएको हो।

पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ । निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप ल्याउन बेइजिङ जाने तालिका छ ।

चीनबाट ल्याईएको भेरोसेल खोपको पहिलो मात्रा (डोज) सरकारले ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा समीरकुमार अधिकारीले चीनबाट ल्याइएको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताउनु भयो ।