Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

सवारी दुर्घटनामा एमाले नेता प्रसाईको निधन


समृद्ध अनलाईन २५ असार २०७८, शुक्रबार १३:३९ मा प्रकाशित ( हफ्ता अघि) २४४४३ पाठक संख्या

अर्जुनधारा, असार २५ गते । शुक्रबार विहान भएको सवारी दुर्घटना हुँदा नेकपा एमाले नेता तथा विर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईको निधन भएको छ । भद्रपुर ९ चारआली चन्द्रगढी सडकखण्डको देवकोटा चोकस्थित देवकोटाको शालिक कम्पाउण्डको वालमा ठोक्किएर दुर्घटना उनि सवार गाडी दुर्घटना भएको थियो ।मेची राजमार्ग अन्तरगत चारआलीबाट चन्द्रगढीतर्फ गईरहेको बा १६ च ८१८२ नम्वरको कार विहान ११ः४० बजे कार आफै अनियन्त्रित भएर दुर्घटना हुदाँ विर्तामोड नगरपालिका १ का करीव ४६ वर्षीय प्रसाईं गम्भीर घाईते भएको र गम्भीरअवस्थाका घाईते प्रसाईलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

उपचारका क्रममा मध्यान्ह १२ः १५ बजे प्रसाईको मृत्यु भएको प्रहरीको भनाई छ । मृतक प्रसाई विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईको श्रीमान हुन् । कारको अगाडीको भाग पुर्णरूपमा क्षति भएको छ ।