Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

खुकुरी प्रहार गरी साथीको हत्या गर्ने पक्राउ


समृद्ध अनलाईन २५ असार २०७८, शुक्रबार १७:४० मा प्रकाशित ( हफ्ता अघि) ६३६४ पाठक संख्या

संखुवासभा, असार २५ गते । खुकुरी प्रहार गरी साथीको हत्या गर्ने संखुवासभा खाँदबारी नगरपालिका १ तिलार नयाँ बस्तीका २४ बर्षीय मुकेश तामाङ पक्राउ परेका छन् ।
तामाङले चिचिला गाउँपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
शुक्रबार बिहान ९ बजे मृतकको घरदेखि अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिएर तामाङलाई नियन्त्रणमा लिएको थियो ।
पुरानो रिसिईबीको कारण बिहीबार राति २ बजे आफ्नो घरमा आएका शेर्पालाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेशको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।