Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

बिर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव


समृद्ध अनलाईन २८ असार २०७८, सोमबार ०८:४० मा प्रकाशित ( हफ्ता अघि) ४९३९० पाठक संख्या

बिर्तामोड, असार २८ गते  । झापाको बिर्तामोडमा आज बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।