Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

डाक्टर र नर्सलाई कोरोना संक्रमण, जिल्ला अस्पताल ओखलढुंगाका आपतकालिन सेवा बाहेक अन्य सेवाहरु बन्द


समृद्ध अनलाईन १ श्रावण २०७८, शुक्रबार १४:२८ मा प्रकाशित ( हफ्ता अघि) ३१४१२ पाठक संख्या

ओखलढुंगा, साउन १ गते । ओखलढुंगामा जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई कोरोना संक्रमण भएपछि जिल्ला अस्पताल ओखलढुंगा अनिश्चितकालिन बन्द भएको छ । अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाईनै कोरोना संक्रमण भएपछि साउन १ गते देखि अर्को सुचना जारी नभए सम्मका लागि आपतकालिन सेवा बाहेकका अन्य सेवाहरु बन्द भएको हो ।

अस्पता पसाशनले एक सूचना जारी गर्दै संक्रमित डाक्टर तथा कर्मचारीको कन्ट्र्याकट्रेसिङमा आएकाहरुलाई समेत संक्रमण हुनसक्ने भएका कारण महामारीको भयावह अवस्थालाई मध्यनजर गर्दै अस्पतालको सेवाहरु बन्द गरिएको बताएको छ । जिल्लामा गरिएको एन्टीजेन परिक्षणबाट जिल्ला अस्पतालमा कार्यरत २ जना चिकित्सक, १ नर्सिङ स्टाफ, २ जान भान्छे र १ जना कार्यालय सहयोगि सहित ७ जना कर्मचारीमा कोरोना कोभिड पोजेटीभ देखिएका कारण आपतकालीन सेवा वाहेककका सवै सेवा बन्द गरिएको अस्पतालका जनस्वास्थ्य निरिक्षक उमा गुरुङले बताइन् । अस्पतालमा अर्को सुचना जारी नभए सम्म सेवा अवरुद्ध भएको र यसबाट सर्वसाधरणमा पर्न गएको असुविधामा अस्पताल पपिरवार दुखि भएको उनको भनाइ छ ।

यो संगै जिल्लामा हाल कोरोना संक्रमितको कुल संख्या १ हजार ५ यस १९ पुगेको छ । संक्रमितमध्ये पुरुषको संख्या ८ सय ४६ जना र महिलाको संख्या ६ सय ७३ जना रहेका स्वासथ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तीवारीले जानकारी दिए । उनका अनुसरा हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या २ सय ६१ रहेको छ । जसमध्ये ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २ सय ५८ जना होम आईसोलेसनमा रहेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।

अस्पतालका डाक्टर नर्स तथा कर्मचारीमा संक्रमण भए पछि रुम्जाटार क्षेत्रम संक्रमणको त्रास बढेको स्थानीयको भनाइ छ ।