Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

विपदमा सेयर सदस्यहरुलाई सहयोग गर्दै सिम्रिक साकोस


समृद्ध अनलाईन २ श्रावण २०७८, शनिबार १९:०४ मा प्रकाशित ( हफ्ता अघि) १९३९३ पाठक संख्या

 

यज्ञप्रसाद भट्टराई / झापा, साउन २ गते । झापाको बिर्तामोड ४ मा केन्द्रिय कार्यलय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले विपद्मा परेका आफ्ना सेयर सदस्यहरुलाई सहयोग गर्दै आएको छ । झापा, मोरङ र इलाममा रहेका सेवा केन्द्रहरुबाट विपदमा परेका शेयर सदस्यहरुलाई सहयोग गर्दै आएको हो ।

तीन जिल्लामा ३० वटा सेवा केन्द्र रहेको सिम्रीकले सबै स्थानबाट आफ्नो आर्थिक गतिविधि सञ्चालन गरिरहेको छ । दुरदराजमा रहेका नागरिकहरुको दुःख सुखको साथि बनिरहेको सिम्रिक साककोसले आफुसँग आबद्ध भएका शेयर सदस्यहरुलाई आर्थिक गतिविधिहरुमा सामेल गराउँदै ब्यवसायिक बन्ने तर्फ अग्रसर गराईरहेको छ ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको पाडाजुँगी सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्यहरु जित बहादुर बिष्ट लाई उपचार गराउन अप्रेसन खर्चवापत ११ हजार ३ सय, पवित्रा रसाइलीलाई ढाडको अप्रेशनखर्च वापतरु. १९ हजार ८ सय, चुन प्रसाद दर्जीलाई आन्द्राको अप्रेशन खर्चका लागि १० हजार उपलब्ध गराएको सेवाकेन्द्रले जनाएको छ । त्यसैगरी गौरादह सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्यहरु निर्मला खड्का, निर्मला वि.क., गंगा शिवाकोटीहरुलाई औषधी उपचार खर्चवापत २८ हजार ५ सय प्रदान गरिएको छ ।

त्यस्तै मेचिनगर सेवाकेन्द्र अन्तर्गतका शेयर सदस्यहरु कविता तामाङ्ग, खेमराज खरेल, कमला देवी कर्णलाई औषधी उपचार खर्च वापत १३ हजार ९ सय ५ रुपैया नगदै सहयोग उपलब्ध गराएको छ । यस्तै गोलधाप सेवाकेन्द्रकाा शेयर सदस्य पवित्रा गुरागाईंको खुट्टा भाँचिएको हुँदा उनलाई उपचार खर्च वापत २ हजार सहित ८५ हजर ५ सय ५ रुपैया शेयर सदस्यहरुलाई नगदै उपलब्ध गराईएको सिम्रिक साकोस विर्तामोडका आई.टी. विभाग प्रमुख श्री याम बहादुर बिष्टले बताए ।

यसै क्रममा धुलाबारी सेवाकेन्द्र लघुवित्त कार्यक्रम अन्तर्गतका शेयर सदस्य ललिता राजवंशीको अकल्पनीय मृत्यु भएकोले उन प्रति श्रद्धान्जली तथा परिवारजनमा गहिरो समबेदना प्रकट गरिएको छ । संस्थाका प्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थितिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा राजवंशीले संस्थाबाट लिएको ऋण मध्ये तिर्न बाँकी ७२ हजार २ सय २० रुपैया ऋण मिनाह गरि नगद १० हजार किरीया खर्च समेत प्रदान गरिएको संस्थाका तालिम प्रमुख विजय बस्नेत तथा कर्जा विभाग प्रमुख कृष्णप्रसाद कँडरियाले बताएका छन् ।

शेयर सदस्यहरुको दुखमा आफुहरुले मल्ह्म लगाएका कारण सर्वसाधरणको मनमा सहकारी बस्न सफल भएको यसरी धुलाबारी सेवाकेन्द्र प्रमुख फणीन्द्र प्रसाद भट्टराईले बताए ।

ठुलो संख्यामा सदस्यहरु रहेको सिम्रिक साकोसमा आफ्ना सदस्यहरुमा भैपरी आउने तथा विभिन्न रोगहरुबाट बिरामी भई उपचार गराईरहेका सदस्यहरुलाई निरन्तर रुपमा औषधी उपचार खर्च समेत प्रदान गर्दै आएको छ । सदस्यको स्वास्थ्यप्रति अत्यन्तै सजग र जिम्मेवार रहेको सिम्रिकले अहिले झापा, मोरङ्ग र ईलामका सबैसेवा केन्द्रहरुमा आबद्ध सबै सदस्यहरुलाई उपचार खर्च उपलब्ध गराउन थालेको सिम्रिमका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले बताए ।