Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

लुम्बिनी प्रदेश सरकारको रवैया प्रति  डा. शेखर कोईरालाको आपत्ति


समृद्ध अनलाईन ३ श्रावण २०७८, आईतवार ०७:४१ मा प्रकाशित ( हफ्ता अघि) १७३७३ पाठक संख्या
काठमाण्डौं, साउन ३ गते । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा भावी सभापतिका शसक्त दावेदार डा. शेखर कोईरालाले लुम्बिनी प्रदेश सरकारले अध्यादेश मार्फत ल्याएको बजेटको बिरोध गरेका छन् । उनले फेसवकमा आफ्नो स्टाटस लेख्दै बिरोध जनाएका हुन ।
नेपाली जनताले असाध्यै धेरै मनपराएका नेता डा. शेखर कोईरालाले सधै लोकतान्त्रिक विधि र पद्धति माथिका हस्तक्षकेपहरुमा निरन्तर खबरदारी समेत गरिरहेका छन् ।
काङ्ग्रेस नेता डा. शेखर कोईरालाले गण्डकी प्रदेश सरकारको यो कदमलाई लोकतन्त्र बिरोधि मात्र नभई संघियता विरोधी समेत भनेका छन् ।
लोकतन्त्र अल्पमत र बहुमतको खेल मात्र हैन लोकतान्त्रिक व्यवहार र आचरण पनि हो भन्दै नेता डा. कोईरालाले लोकतन्त्रमा आस्था र विश्वास राख्ने जो कोहि को आचरण र व्यवहार पनि लोकतान्त्रिक हुनुपर्ने बताएका हुन ।
डा. शेखर कोईरालाले आफ्नो स्टाटसमा लेखेका छन् “एकातिर आफै सरकार चलाउँने अर्कोतिर संसद छाडेर अध्यादेशबाट बजेट ल्याउँने यो कस्तो शासन ब्यवस्था हो?“
लुम्बिनी प्रदेश सरकारको यो कदम लोकतन्त्र विरोधि मात्रै नभई संघियता विरोधि पनि  हो ।