Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

ओखलढुंगाको मानेभञ्ज्याङमा आगलागी, चार बर्षिय बालिकाको मृत्युु


समृद्ध अनलाईन ३ श्रावण २०७८, आईतवार १७:४५ मा प्रकाशित ( हफ्ता अघि) ५१९६४६ पाठक संख्या

ओखलढुंगा, साउन ३ गते । जिल्लाको मानेभज्याङ गाउँपालिकामा आगलागीमा हुदाँ एक बालिकाको जलेर ज्यान गएको छ । आईतबार दिउँसो मानेभज्याङ गाउँपालिका ६ का स्थानिय भक्ती शरी राईको गाई गोठमा आगलागी हुदाँ सिन्धुलीको फिक्कल गाउँपालिकाबाट मईती घर आएकी समिता राई खड्काकी चार बर्षिय छोरी धन कुमारी खड्काको जलेर ज्यान गएको हो ।

बालिकासंगै गोठभित्र रहेको दुई वटा गाई र चार वटा खशी बाख्रा समेत जेलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । बालिकाले गाईगोठभित्र लाईटर खेलाउदाँ गोठमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नावय उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए ।
घटनाको बिषयमा थप अनुसन्धानका लागी मानेभज्याङ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यलयबाट प्रहरी टोली गएको प्रहरी प्रमुख काफ्लेले बताए  । घटनाको बिषयमा थप बिवरण आउन बाकीँ छ ।