Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

श्रीमतीको हत्या गरी  फरार रहेका श्रीमान पक्राउ


समृद्ध अनलाईन ४ श्रावण २०७८, सोमबार १६:५७ मा प्रकाशित ( महिना अघि) २४९४८ पाठक संख्या

झापा, श्रावण ०४ गते । मोरङ रंगेली-९ सखुवाथान घर भई झापा गौरादह-१ सितल चौक बस्दै आएका ३९ बर्षीय सजिलाल रिख्यासनलाई प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । रिख्यासनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ बर्षीया संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरी हत्या गरेर उनि फरार भएका थिए ।
घटनाको जानकारी पाउनसाथ अनुसन्धान तथा खोजतलसामा खटिएको प्रहरी टोलीले फरार रहेका सजिलाल रिख्यासनलाई आज पक्राउ गरी सार्बजनिक गरेको हो ।
पक्राउ परेका रिख्यासन उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारवाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।