Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

खुुकरी प्रहारबाट एक वृद्धको हत्या


समृद्ध अनलाईन ६ श्रावण २०७८, बुधबार १०:२५ मा प्रकाशित ( हफ्ता अघि) १९२० पाठक संख्या

उदयपुर, साउन ६ गते । उदयपुरको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । त्रियुगा–१३ का ४५ वर्षीय किसन सदाले उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरीको खुकुरी प्रहार गरी हत्या भएको हो ।
प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए । आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य शुरु गरेको छ । चौधरीको हत्यामा संलग्न खुुकरी प्रहार गर्ने सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।