Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

जयरामघाट–हलेसी  यात्रा गर्न कठिन, सडकमा खाल्डैखाल्डा हुँदा दुर्घट्नाको जोखिम


समृद्ध अनलाईन ६ श्रावण २०७८, बुधबार २१:०५ मा प्रकाशित ( हफ्ता अघि) ७८७९ पाठक संख्या

खोटाङ, साउन ६ गते। पछिल्लो समय जिल्लाको जयरामघाटदेखि हलेसीसम्मको सडकमा यात्रा गर्न कठिन भएको छ । साँघुरो सडक र खाल्डैखाल्डा हुंदा दुर्घट्नाको जोखिम बढेको कारण यो सडकमा यात्रा गर्न कठिन भएको हो ।
चालकले खाल्डाखुल्डी छल्दै सवारी साधन चालउनुपर्ने बाध्यता रहेको छ । बर्खाको समयमा पानीले भरिएर खाल्डाखुल्डी नदेख्दा सवारी साधनमा क्षति समेत पुग्ने र दुर्घट्ना हुने गरेको सवारीचालकहरु बताउँछन् ।
वर्षौदेखि सडकमा खाल्डाखुल्डी हुंदा पनि स्थानीय प्रशासन, राजनीतिक दल, सम्बन्धित कार्यालयले वास्ता नगर्दा समस्या भएको स्थानीय बताउँछन् ।
यो सडक मात्रै नभएर माथिल्लो सगरमाथाका तीनवटै जिल्लालाई जोड्ने सिद्दिचरण राजमार्ग जिर्णहुदा सोलुखुम्बु, ओखलढुंगा र खोटाङका सर्वसाभरण समस्यामा पर्नुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।