Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

पाँचथरमा पहिरोले पुरेर मजदुरको मृत्यु


समृद्ध अनलाईन ८ श्रावण २०७८, शुक्रबार ०९:०५ मा प्रकाशित ( महिना अघि) २३३३२ पाठक संख्या

पाँचथर, साउन ८ गते । पाँचथरको हिलिहाङ गाऊपालिका ५ सुभाङमा मध्यपहाडी लोकमार्गमा पहिरोले पुरेर एकजनाको मृत्यु भएको छ । रोडमा काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा तेहथुम आठराई गाऊपालिका ५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् । रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली पुगि पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भईसकेको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।