Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

‘महाराजधिराजबाट माफी मिलेछ, हामी गद्गद् भयौं’:माधव नेपाल


समृद्ध अनलाईन ८ श्रावण २०७८, शुक्रबार १८:३३ मा प्रकाशित ( महिना अघि) ११६१६ पाठक संख्या

काठमाडौं, साउन ८ गते । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई बडामहाराजाधिराजको संज्ञा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले ओलीले आफूहरुलाई दिएको भनिएको आममाफी बडामहाराजाधिराजको हुकुम जस्तै भएको टिप्पणी गरेका हुन् ।

‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गद्गद् भयौं !’

नेता नेपालले प्रश्न सोधे, ‘महाराजाधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?’ उनले फेरि पनि संसद विघटन गर्ने ओलीको षड्यन्त्र असफल पारिएको भन्दै आफूलाई साथ दिने सांसदलाई धन्यवाद दिए ।

‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । हामीले बडो जायज काम गरेका भन्दै उनले मसँगै जोडिएका २३ जना सांसदलाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन । उहाँलाई पनि सलाम भन्न चाहन्छु ।’ थाहाखबरबाट