Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु


समृद्ध अनलाईन १३ श्रावण २०७८, बुधबार १०:०१ मा प्रकाशित ( महिना अघि) ८६८७ पाठक संख्या

दमक, साउन १३ गते । झापा दमक नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा कन्काई ३ का ४३ बर्षीय पुर्ण बहादुर बिष्ट र पछाडी सवार उनकै श्रीमती ३६ बर्षीया भिमा बिष्ट रहेका छन् ।

हिजो राती सभा १० बजे पश्चिम तर्फ आउदै गरेको ना४ ख ८७३० नम्बरको ट्रकले बिपतरित दिशाबाट आईरहेको प्रदेश २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका उनिहरुको उपचारको लागी दमक लाईफ लाईन अस्पतालमा पुर्‍याउन साथ दुवै जनाको मृत्यु भएको थियो ।

दुर्घटना गराई फरार भएको सो ट्रक र ट्रक चालक मोरङ विराटनगर ४ बस्ने ४८ बर्षीय सुजन थापालाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको प्रहारीले जनाएको छ ।