Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

‘सिन्धुलीगढी युद्ध संग्रहालय’को राष्ट्रपति भण्डारीद्धारा उद्घाटन


समृद्ध अनलाईन १३ श्रावण २०७८, बुधबार ११:१५ मा प्रकाशित ( महिना अघि) २३१३० पाठक संख्या

सिन्धुली, साउन १३ गते । राष्ट्रपति विद्यादेवि भण्डारीले सिन्धुलीगढीमा निर्माण गरिएका नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटन गरेकी छन् । २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सिल्यान्यास गरेका ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ आज विशेष कार्याक्रमका साथ राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

सिनधुलीको सिन्धुली गढीमा युद्धकला झल्किने गरी संग्रहालय निर्माण गरिएको युद्ध संग्रहालय नेपाली सेनाले कमलामाइ नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा निर्माण कार्य सम्पन्न गरेको थियो ।

नेपाल एकीकरणका क्रममा विसं १८२४ अशोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।