Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

बृद्ध भत्ता थाप्न गएका बृद्धको लडेर मृत्यु


समृद्ध अनलाईन १४ श्रावण २०७८, बिहीबार ०७:५३ मा प्रकाशित ( महिना अघि) १११११ पाठक संख्या

सुनसरी, साउन १४ गते । सुनसरीको बर्जु गाऊपालिका ६ सुक्रहाट टोल का  ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ । बुधबार दिउसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी टोली खटि गई मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जनायको छ ।