Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प


समृद्ध अनलाईन १४ श्रावण २०७८, बिहीबार १४:५३ मा प्रकाशित ( महिना अघि) ५८५९ पाठक संख्या

काठमाण्डौं, साउन १४ गते। अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार दिउँसो २ः१५ बजे सो भूकम्प गएकोे हो ।

अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।