Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

प्रदेश १ का अर्थ समिति सभापति खड्का अस्वस्थ, शिक्षण अस्पताल काठमाण्डौंमा उपचार हुँदै


समृद्ध अनलाईन १४ श्रावण २०७८, बिहीबार १६:१४ मा प्रकाशित ( महिना अघि) ४८०७७ पाठक संख्या

ओखलढुंगा, साउन १४ गते । प्रदेश १ का अर्थ समिति सभापति मोहनकुमार खड्का (हिमशिखर) अस्वस्थ भएपछि उपचाररका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा भर्ना भएका छन् । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको हो ।

खडकालाई श्वासपश्वासमा समस्या, निरन्तर वान्ता हुने र बेहोस् भएपछि अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको नेकपा माओवादी केन्द्र ओखलढुंगाले जनाएको छ । काठमाडौंमा आफन्तको घरमा रहेकै बेला खड्का विरामी परेका हुन् । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

वेहोस अवस्थामा रहेका अड्काको अहिले होस् आएको छ । अब वार्डमा सार्ने तयारी भइरहेको छ । खड्काको अहिलेसम्म आकस्मिक कक्षमै राखेर उपचार भइरहेको छ । खड्का नेकपा (माओवादी केन्द्र) ओखलढुंगाका अध्यक्ष एवम् ओखलढुंगाको प्रदेश ख बाट निर्वाचित प्रदेश सांसद् हुन् ।