Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

सोलुखुम्बुको खाम्जेमा ट्रिपर दुर्घटना, २ जना घाईते


समृद्ध अनलाईन १४ श्रावण २०७८, बिहीबार १६:३५ मा प्रकाशित ( महिना अघि) १०७०७ पाठक संख्या

सोलुखुम्बु, साउन १४ गते। सोलुखुम्बुको खाम्जेमा ट्रिपर दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका २ मा निर्माणाधिन ५.२ मेगावाटको दोभान हाईड्रोपावरको बा २ क ४७०८ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परि २ जना घाईते भएका छन् । ट्रिपर काठमाण्डौबाट सामान लिएर हाईड्रोपावरका जाँदै गर्दा बुधबार राति ८ बजे दुर्घटनामा परेको प्रहरीले जाएको छ । दुर्घटनामा परि रामेछाप घर भएका जगत विक र काभ्रे घर भएका अनिल तामाङ घाईते भएको हाईड्रोपावरका जनसम्पर्क अधिकृत फुर्वा लामाले जानकारी दिए । घाईतेहरुको जुनबेशी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

ट्रिपर सडकबाट १ सय मिटर तल खस्दा १३ ड्रम डिजेल नष्ट भएको छ भने ट्रिपरमा पुर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।