Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

रक्त क्यान्सरसंग जुधि रहेका श्रेष्ठको जीवन रक्षाकोलागि अपिल


समृद्ध अनलाईन १५ श्रावण २०७८, शुक्रबार १३:५९ मा प्रकाशित ( महिना अघि) २२१२० पाठक संख्या

ओखलढुंगा, साउन १५ गते । ओखलढुंगाको लिखु गाउपालिका–६ का चेतबहादुर श्रेष्ठ यतिबेला अस्पतालको बेडबाट आफ्नो जीवन रक्षको लागि सबै संग सहयोगको अपिल गरि रहेका छन् । साविक गाम्नाङटार वडा नं ४ का ३४ वर्षीय श्रेष्ठ रक्त क्यान्सर जस्तो घातक रोग रोग संग जुधि रहेका कारण उनले आफ्नो जीवन रक्षाका लागि सबैमा अनुरोध गरेका हुन् ।

बिगत डेढ महिनादेखि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा बेड नं. ६०८ नम्बरमा भर्ना भई उपचार गराई रहेका उनले उपचारका क्रममा आफुसंग भएका रकम सकिएको र आर्थिक अवस्था समेत कमजोर भएका कारण सबैलाई आफ्नो जीवन रक्षा गरि दिन आग्रह गरेका छन् । उनको उपचारको लागि करिव ३० देखि ३५ लाख सम्म खर्च लाग्ने हुँदा उपचार गर्न सक्ने स्थिति नभएकोले विभिन्न संघ संस्थाले समेत सहयोगको अपिल गरेका छन् । ओखलढुंगाको गाम्नाङटारका नगरीकहरुले काठमाण्डौंलाई कर्मथलो बनाएकाहरुको सामाजिक संस्था गाम्नाङटार सेवा समाजले पनि श्रेष्ठको उपचारका लागि देश बिदेशमा रहनुहुने सम्पूर्णमा आर्थिक सहयोग उपलब्ध गराई जिवन रक्षाको लागि अपिल गरेको छ ।

उनको उपचारका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई बिरामि चेत बहादुर श्रेष्ठको नविल बैंकमा रहेको खाता नम्बर १५१००१७५०५८१५ मा रकम जम्मा गरी सहयोग गरेर उनको जीवन रक्षा गर्न सकिने छ ।