Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

प्रतिबिन्धित लागुऔषध सहित विभिन्न स्थाबाट ७ जना पक्राउ


समृद्ध अनलाईन २६ श्रावण २०७८, मंगलवार १५:०८ मा प्रकाशित ( महिना अघि) १७५७५ पाठक संख्या

अर्जुनधारा, साउन ३६ गते । मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर, औषधी तथा गाँजा सहित प्रहरीले ७ जनालाई पक्राउ गरृकाृ छ । मोरङको लेटाङ, सुन्दरहरैचा र सुनसरीको इनरुवाबाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेटाङ ८ का २४ बर्षीय पदम बहादुर राई, सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ बर्षीय फुल कुमार मुखिया र धनकुटा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् ।

मोरङको लेटाङ नगरपालिका ९ बुढौली चौक स्थितबाट प्रतिबन्धित औषधी सहित लेटाङ ८ का पदम बहादुर राईलाइ सोमबारे बेलुका साढे ५ बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै गरि सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोमबार बेलुका ८ बजे बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको थियो ।

ब्राउन सुगर फेला परे पश्चात थप अनुसन्धानको लागी कार सहित पाचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसै गरि मोरङको सुन्दरहरैचा नगरपालिका–७ बाट लागूऔषध गाँजा सहित सिटी सफारी चालक ईमान राई पक्राउ परेका छन् । सोमबार दिउँसोे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परे पश्चात प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले राईको कोठा समेत खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरेको बताएको छ । विभिन्न स्थानबाट पक्राउ परेका उनिहरुलाई प्रहरीले थप अनुसन्धान गरि रहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।