Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

काठमाडौं उपत्यकामा राती ८ बजेपछि सवारी सञ्चालनमा रोक


समृद्ध अनलाईन २६ श्रावण २०७८, मंगलवार १५:२६ मा प्रकाशित ( महिना अघि) २०२०१ पाठक संख्या

काठमाडौं, साउन २६ गते । बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनन सञ्चालनमा रोक लगाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । अब राति ८ बजेभन्दा अगाडि आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने र साथै जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको उनले बताए ।

पछिल्लो केही सातादेखि कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको तर, अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ ।