Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

काबुल विमानस्थलमा पाँचको मृत्यु


समृद्ध अनलाईन ३२ श्रावण २०७८, सोमबार १७:०३ मा प्रकाशित ( महिना अघि) १०३०३ पाठक संख्या

काठमाडौं, साउन ३२ गते । अफगानिस्तान छोड्न काबुल विमानस्थलमा जम्मा भएका पाँच जनाको मृत्यु भएको छ । तालिबानले राजधानी शहर काबुल नियन्त्रणमा लिएपछि दूताबासका कर्मचारीलाई लग्न अमेरिकाले वायु सेनाको जहाज प्रयोगमा ल्याउँदा विमानस्थलमा सयौंको संख्या अफगान समेत बाहिरिन जम्मा भएका छन् । रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जम्मा भएकामध्ये पाँच जनाको मृत्यु भएको उल्लेख गरेको छ।

रोयटर्सका अनुसार मृत्युको कारण खुलेको छैन् । अमेरिकी अधिकारीले भने सेनाले भिडलाई तितरबितर पार्न केही राउन्ड हवाईफायर गरेको बताएका छन् । अमेरिकी दूताबासका कर्मचारी तथा कुटनीतिज्ञलाई लिएर उडान भर्न लागेको विमानसँगै स्थानीयले दौडधूप गरेपछि सेनाले गोली फायर गरेको अधिकारीले रोयर्टससँगको कुराकानीमा खुलाएका छन् ।
एकजना प्रत्यक्षदर्शीले भने भगदडमा मृत्यु भएको वा गोली लागेको अझै प्रष्ट नभएको बताएका छन् । विमानस्थलमा उपस्थित अमेरिकी अधिकारीहरुले भने मृत्युको कारणबारे खुलाउन उपलब्ध भएनन ।