Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

तीन हजार चार सय ५१ जनामा कोरोना पुष्टि, मृत्यु हुने ३५ मध्य प्रदेश १ मा २१


समृद्ध अनलाईन ३२ श्रावण २०७८, सोमबार १८:३० मा प्रकाशित ( महिना अघि) १०५०५ पाठक संख्या

काठमाडौं, साउन ३२ गते । देशभर पछिल्लो समय थप तीन हजार चार सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ६ सय ११ जनामा कोरोना परीक्षण गरिएकाे थियो।

कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय २७ जना पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ६९२ जनामा  संक्रमण, २१ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ४९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।