Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

जब उडिरहेकाे विमानबाट मानिस खसे, अनि व्यावसायिक उडान बन्द गरियो


समृद्ध अनलाईन ३२ श्रावण २०७८, सोमबार २०:०९ मा प्रकाशित ( महिना अघि) २५९५८ पाठक संख्या

काठमाण्डौ,  साउन ३२ गते ।  जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् । यस भिडिओमा अमेरिकि वायु सेनाको सी–१७ए विमान देखिइरहेको छ । र रनवेमा विमानसँगै दौडिरहेका अफगान नागरिक देखिइरहेका छन् ।

यीमध्ये की यही विमानमा झुन्डिरहे र विमानले उडान भर्‍यो । पछि केही व्यक्ति यही विमानबाट तल खसेको पनि देखियो । सोमवार काबुल विमानस्थलमा भागदौडको अवस्था देखियो ।  मानिसहरू विमानमा चढ्न सिँढीमा झुन्डिएको देखियो । पछि विमानस्थलमा व्यावसायिक उडान बन्द गरियो ।

विमानस्थलमा गोली पनि चलेको थियो, घटनामा केही व्यक्तिको ज्यान गएको खबर पनि आइरहेको छ । यो अफगानिस्तानको राजधानी काबुलको विमानस्थलको दृश्य हो ।

भिडियाे स्राेत : सामाजिक सञ्जाल