Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

प्रदेश १ मा ८४१ सहित थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि


समृद्ध अनलाईन २ भाद्र २०७८, बुधबार १८:१७ मा प्रकाशित ( महिना अघि) ५९६० पाठक संख्या

काठमाडौं, भदाै २ गते । पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पिसीआर परीक्षणमा दुई हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै  संक्रमितको संख्या ७ लाख ३९ हजार ९०७ पुगेको छ । मन्त्रालयका अनुसार थप २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ ।

हाल ३३ हजार ८०८ होम आइसोलेशनमा तथा तीन हजार ५३२ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, ७७० आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको  छ ।

त्यस्तै, हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३९६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ४२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको  छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको हो ।

पीसीआर परीक्षणका आधारमा झापा १३५,  मोरङमा १३५, सुनसरीमा ८२, इलाममा २१, ओखलढुंगामा १६, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेह्रथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ ।