Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

१ हजार ९ सय २० जना नयाँ संक्रमित, थप २४ जनाको मृत्यु


समृद्ध अनलाईन ६ भाद्र २०७८, आईतवार १७:०७ मा प्रकाशित ( महिना अघि) ५६५७ पाठक संख्या

काठमाडौं, भदौ ६ गते । पछिल्लो २४ घन्टामा देशभरि कोरोनाका १ हजार ९ सय २० जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यस अवधीमा २ हजार २ सय ४८ जनाले कोरोना पराजित गरी घर फर्किएका छन् । नेपालमा हाल कोरोना संक्रमित निको हुने दर ९३ दशमलव ४ प्रतिशत रहेको छ। देशभरि कुल ३८ हजार ७ सय ५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ५०९ पुगेको छ ।