Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

लिखु हाइड्रोपावरको आईपीओ खुल्दै, ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित


समृद्ध अनलाईन ९ भाद्र २०७८, बुधबार १०:०४ मा प्रकाशित ( महिना अघि) ३४१३९ पाठक संख्या

ओखलढुंगा, भदौ ९ गते । ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन  लिखु–४ जलविद्युत आयोजनाले ६२ करोड ५० लाखको सेयर निस्काशनको तयारी गरेको छ । ५२ दशमलव २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले  ५० प्रतिशत सेयर प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरि निस्काशनको तयारी गरेको हो ।

सेयर ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी रहने ५० प्रतिशत सर्वसाधारणले पाउने छन् । ३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारी तथा ३१ लाख २५ हजार कित्ता शेयर सर्वधारणका लागि निस्काशन गर्न लागिएको  आयोजनाले जनाएको छ  ।

योजना प्रभावित क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिकास्थित वडा नं. ९ पोकली, खिजीदेम्बा गाउँपालिकाको वडा नं. १, २ र ३ तथा रामेछापतर्फको उमाकुण्डको वडा नं. ३, ४, ५ र ७ तथा र लिखु तामाकोशी गाउँपालिकाको १, २ र ३ को भूगोल प्रभावित क्षेत्रमा सूचिकृत छ । यी क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरुले ५० प्रतिशत सेयर पाउनेछन् भने सर्वधारणका लागि ५० प्रतिशत सेयर सुरक्षित गरिएको छ ।

आयोजनाकाे निर्माण स्थल ओखलढुंगाकाे भुगाेलमा भए पनि प्रभावित क्षेत्र भने रामेछापका साविकका ७ वटा गाविस छन् भने ओखलढुंगा तीन गाविस मात्रै रहेका छन् । लक्ष्मी क्यापीटल लिमिटेडमार्फत बिक्री गर्न लागिएको शेयर ५ प्रतिशत अर्थात करिब एक लाख ५६ हजार दुई सय पाँच कित्ता सेयर कर्मचारीका लागि छुट्याइने छ ।

अयोजनाका कर्मचारीमध्ये पनि दुई सयभन्दा कम संंख्यामा कर्मचरी भए पाँच प्रतिशत र त्योभन्दा बढी कर्मचारी भएको खण्डमा दुई प्रतिशत मात्र सेयर उनीहरुका लागि जारी गरिने नागरिक लगानी कोषको उप निर्देशक नारायण घिमीरेले जानकारी दिए । यो आयोजना ग्रीन भेन्चर्स लिमिटेडले निर्माण गरेको हो ।