Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

प्रदेश राजधानी विराटनगरबाटै सुरु भयो एकीकृत समाजवादीको संगठन निर्माण


समृद्ध अनलाईन १३ भाद्र २०७८, आईतवार ०७:५७ मा प्रकाशित ( हफ्ता अघि) ८५८६ पाठक संख्या

विराटनगर, भदौ १३ गते । माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा ९एमाले० समानान्तर कमिटी नेकपा ९एकीकृत समाजवादी०मा समाहित भएको छ ।

शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो ।

एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा समाहित गरेको छ ।

एकीकृत समाजवादीले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। कमिटीका अधिकांश सदस्य उपस्थित भएको पूर्ण बैठकले दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभागका प्रमुखको जिम्मेवारी टुंगो लगाएको छ।

डा। उद्धव पोखरेललाई मोर्चा विभाग प्रमुख, राजन केसीलाई संगठन विभाग प्रमुख, चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुंगेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रचार प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

पार्टीको बैठकमा आफू निकट रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडासदस्य रही जिल्ला कमिटीको जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । बैठकले १७ वटै स्थानीय तह र सबै वडाहरुमा पार्टीको भेला आयोजना गरी कमिटीहरुलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको बताइएको छ ।