Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

नेकपाको अन्तरकलहले कार्यकर्ता धमाधम कांग्रेसमा प्रवेश


समृद्ध अनलाईन १३ भाद्र २०७८, आईतवार २१:५२ मा प्रकाशित ( हफ्ता अघि) २५३५२ पाठक संख्या

ओखलढुंगा, भदौ १३ गते । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा अन्य राजनीतिक दल परित्याग गरेर करिव चार दर्जन नेपाली कांग्रेस प्रवेस गरेका छन । गाउँपालिकाको वडा नं ६ घोराखोरीमा अन्य राजनीतिक दल परित्याग गरेर ४ दर्जन बढीयुवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

चम्पादेवी –६ घोराखोरीमा आयोजना गरिएको नेपाली कांग्रेसको राजनीतिक आन्दोलन र यात्रामा सहभागी हुनका लागि प्रवेस गरेका ५१ जनालाई गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सचिव नबराज केसीले नवप्रबेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

ओखलढुंगाकाको पस्चिमी भेगमा रहेको घोराखोरी कम्युनिष्टको गढका रुपमा लिइन्छ तर पछिल्लो समय तत्कालिन नेकपाको अन्तरकलहका कारण कार्यकर्तामा विचलन आए पछि धमाधम नेपाली काँग्रेसमा प्रबेश गरि रहेका छन् ।