Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

भिम आचार्यको सरकार ढल्दै, एमालेका १०सांसदले रोजे एकिकृत समाजवादी


समृद्ध अनलाईन १६ भाद्र २०७८, बुधबार १४:५४ मा प्रकाशित ( हफ्ता अघि) ८०८१ पाठक संख्या

विराटगनर, भदौ १६ गते । प्रदेश १ मा नेकपा एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी)मा जाने दश जना प्रदेशसभा सांसदहरुले सनाखत गरेका छन् । एमाले नेता राजेन्द्र राई रहित १० जना सांसदले सनाखत गरेका हुन् ।

तीन दिनदेखि सुनसरीको धरानस्थित निर्माण कन्ट्री क्लबमा सामुहिक रुपमा बस्दै आएका सांसदहरु केही बेर अघि निर्वाचन कार्यालयमा पुगेका थएि । एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी दर्ता भएपछि निर्वाचन आयोगले नयाँ पार्टी दर्ता भएको २१ दिनभित्र पार्टी रोज्न समयसीमा दिएको थियो । आयोगको निर्देशनअनुसार एमाले प्रदेश १ का १० सांसदले एकीकृत समाजवादी रोजेका हुन् ।

दुईजना बाटोमा आउँदै रहेको भनिएका मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् ।

यसअघि भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङले सनाखत गरेका थएि ।

प्रदेश एकमा एमालेका १० जना सांसदले पार्टी परिवर्तन गरे संगै प्रदेश सरकार ढल्ने प्रष्ट भएको छ ।