Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

निमार्णधिन ८२ मेगावाटको तल्लो सोलु हाइड्रोपावर अन्तिम चरणमा


समृद्ध अनलाईन १८ भाद्र २०७८, शुक्रबार ०५:१४ मा प्रकाशित ( हफ्ता अघि) ११७१७ पाठक संख्या

सोलुखुम्बु, भदौ १८ गते । सोलुखुम्बुको तिङलामा निमार्णधिन ८२ मेगावाटको तल्लो सोलु हाइड्रोपावर काम अन्तिम चरणमा पुगेको छ । २०७३ साल साउनदेखि निर्माण सुरु भएको आयोजनाको काम असन्तम चरणमा पुगेको हो ।

बाँध क्षेत्रका संरचना निमार्ण गर्ने विद्युत गृहको संरचना तयार भई इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम समेत सकिएकोले हालसम्म ९८ प्रतिशत सकिएको आयोजना प्रबन्धक आशिष गर्गले जानकारी दिए । पेनस्टकको जडान कार्य पूरा भइसकेको उनको भनाइ छ । कमजोर भौगोलिक अवस्थाका कारण मुख्य सुरुङको मार्गको काम करिब ६ महिना ठप्प बनेको थियो । मुख्य सुरुङको बाँकी काम सम्पन्न गर्न करिब १ महिना लाग्ने र लाइनिङको काम गर्न थप ४ महिना लाग्ने गार्गले बताए । आगमी पुसबाट बिद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

गत वर्षको पुसबाटै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि लक्ष्यभन्दा १ वर्ष ढिलो गरी उत्पादन सुरु हुने भएको छ । कोरोना माहामारी र सुरुङ निमार्णमा ढिलाई हुदा लक्ष्य भन्दा १ वर्ष पछाडि सरेको आयोजनाले जनाएको छ । आयोजनामा नेदरल्याण्डस डेभलपमेन्ट बैंक र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्टले लगानी गरेका छन् । यो आयोजनामा प्राइम बैंकको अगुवाईमा ५ वटा स्वदेशी बैंकको समेत ऋण लगानी रहेको छ ।