Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

समस्यासंग पौँठेजोरी खेल्दै महिला चालकहरु


समृद्ध अनलाईन १८ भाद्र २०७८, शुक्रबार १०:५६ मा प्रकाशित ( हफ्ता अघि) ५४५५ पाठक संख्या

काठमाण्डौं, भदौ १८ गते । जिम्मेवारीले मान्छेलाई आत्मनिर्भर बनाउन सिकाउँछ । नेपाली समाजमा महिला आत्मनिर्भर भएर बाँच्नु धेरै चुनौतिको विषय हो । तर हरेक चुनौतिको सामना गर्दै कतिपय महिलाहरु खुला आकाशमुनि सवारी चालक भएर आफू र आफ्नो परिवारको जिम्मेवारी उठाइरहेका छन् ।

यातायात क्षेत्रमा महिलाहरुको सहभागिता न्यून रहेको छ । कतिपयले आफ्नो शोखले गाडी चलाउँछन् भने कतिपयलाई जिम्मेवारीले बाध्य बनाउँछ । आज, सयौं महिला टेम्पो चालकहरु नेपालको राजधानी काठमाडौं को सडकमा चल्छन् । ती महिला जसले ती सबैको लागि बाटो बनाइन् लक्ष्मी शर्मा, नेपालको मात्र नभएर उनी एशियाकी पहिलो महिला टेम्पो चालक तथा सफल महिला उद्यमी समेत हुन ।

लक्ष्मी शर्माले देखाएको बाटोमा अहिले काठमाण्डौं उपत्यकाको सडकमा मात्र ५०० बढी महिलाहरु सफा टेम्पो चलाउँद्धन् । लगभग एक दशक अघि काठमाडौं उपत्यकामा टेम्पो चलाउँदा महिला चालकहरुकालागि त्यति सहज नभए पनि आफुले निरन्तर संघर्ष गरीरहेको टेम्पो चालक मधु लामाले बताईन् ।

पुरुषहरुले महिला टेम्पो चालक भनेर हेपेर व्यवहार गर्ने भएपनि प्रतिकार गर्दै आफ्नो पेसामा अडिग रहेको टेम्पो चालक निशा थिङको भनाइ छ । सुरुसुरुमा त महिला चालकहरुले सिवभिन्न दुव्र्यवहार सँहदै आफेनो काममा लागि रहेको उनको भनाइ छ ।

महिला चालक भएकै कारण अपशब्द पनि सुन्नु पर्ने । समाजले पनि फरक दृष्टिकोणले हेर्ने गर्छ । तर धेरै संख्यामा हुनु पनि एउटा जित रहेछ भन्ने आभास हुने गरेको डेढ दशक अघि देखि काठमाडौं उपत्यकामा टेम्पो चलाइरहेकी चालक रुपा गिरीको अनुभव छ ।

पछिल्लो समय महिला चालकहरुको संख्या वृद्धि हुँदै गएपछि केही समस्या रहेपनि पुरुषहरुले हेर्ने हेराइ परिवर्तन हुँदै गएको र आजभोलि भने पहिला गरिने दुव्र्यवहार त्यो हद सम्म सहनु नपरेको उनले बताईन् ।

दैनिक गाडीमा १२ देखि १६ घण्टा सम्म रहँदा महिला चालकमा समस्या पनि हने गर।ेको चालकहरु बताउँछन् । दिनभरि गाडी कुदाउँदा शारीरिक समस्या त हुने नै भयो त्यस माथि गाडी गुडाउने रुटमा सार्वजनिक शौचालय र पार्किङ नहुँदा झनै पीडा खप्नु परेको चालक गिरीले बताउनु भयो । सरकारले महिलाहरुका लागि छुट्टै शौचालय निर्माण गर्न आवश्यक रहेको महिला चालकहरुको भनाइ छ ।

नेपाल सफा परिवहन व्यवसायी संघका अनुसार उपत्यकामा करिब ७०० वटा सफा टेम्पो सञ्चालनमा रहेका छन् । तीमध्ये ५०० वटामा महिला टेम्पो चालक छन् भने बाँकी पुरुषले चलाउँछन् । सफा टेम्पो अधिकांश एकल र निम्न आय भएका महिलाहरुको जीविकोपार्जनको माध्यम बनेको छ ।

सँधै डाढु पून्यूमा सीमित रहने महिलाहरु हरेक क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको यि टेम्पो चालकहरुको कथाले बताउँछ । उनिहरु त प्रतिनिधि पात्र मात्र हुन् । प्रतिस्पर्धा र चुनौतिको होडबाजिमा जुधिरहेका यस्ता महिलाहरुले देशमा समानताको पाठ सिकाइरहेका छन् । सडकमा चालकको रुपमा सेवा गरिरहेका महिला सवारी चालकको समस्यालाई सुनेर समाधान गर्न सरकारको ध्यान जान पनि जरुरी देखिन्छ ।