Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

थप १,७५६ जनामा कोरोना संक्रमण, २,२७४ जना निको भए


समृद्ध अनलाईन १८ भाद्र २०७८, शुक्रबार १७:१० मा प्रकाशित ( हफ्ता अघि) ७३७४ पाठक संख्या

 काठमाडौं, भदौ १८ गते । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन्  । २४ घण्टामा २ हजार २७४ जना निको भएका छन् ।कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने हाल सम्म१० हजार ८०९ जनाको मृत्यु भएको छ ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ६६७ जना काठमाडौं उपत्यकाका हुन् ।