Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

सल्यानमा बस दुर्घटना,१५ जना घाइते


समृद्ध अनलाईन १८ भाद्र २०७८, शुक्रबार १७:२६ मा प्रकाशित ( हफ्ता अघि) ५४५५ पाठक संख्या

सल्यान, भदौ १८ गते । सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दाङबाट रुकुम पश्चिमका लागि जाँदै गरेको रा १ ख १७९२ बस सल्यान कपुरकोट ३ मा दुर्घटना भएको हो ।

गाडी दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सल्यान कपुरकोट गाउँपालिका–५ की २३ वर्षीया रेखा साहू, सोही ठाउँकी ३१ वर्षीया सीता बुढाथोकी, दार्मा गाउँपालिका–६ का २० वर्षीय प्रवेश बस्नेत, शारदा नगरपालिका–१५ का ४९ वर्षीय ताराप्रसाद नाथ, शारदा नगरपालिका–१ का ४० वर्षीय कृष्ण गौतम घाइते भएको इलाका प्रहरी कार्यालय लुहामका श्यामप्रकाश यादवले जानकारी दिए।

यस्तै कुमाख गाउँपालिकाका ७३ वर्षीय हिरे राना, कपुरकोट गाउँपालिका–५ रिम बस्ने ४५ वर्षीय धनबहादुर रोका, सोही ठाउँ बस्ने २१ वर्षीया यामकुमारी बोहरा, तिला महतारा, बागचौर नगरपालिका–२ का ४५ वर्षीय लालबहादुर डाँगी, दाङ दंगीसरण गाउँपालिकाकी २५ वर्षीया निर्मला शर्मा, तुलसीपुर उपमहानगरपालिका ३ बस्ने २८ वर्षीय विनोद बुढाथोकी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–४ का ७५ वर्षीय मोहनसिंह पुन, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–२ का २१ वर्षीय जोकबहादुर खड्का र सोही ठाउँ बस्ने २२ वर्षीय किरन ओली पनि दुर्घटनामा घाइते भएको यादवले बताए।

घाइतेहरूलाई उपचारका लागि राप्ती क्षेत्रीय अस्पताल दाङ पठाउने क्रम जारी रहेको कपुरकोट प्रहरी चौकीका इन्चार्ज यामबहादुर बस्नेतले बताए । उनका अनुसार गाडीमा २८  यात्रु सवार रहेका थिए ।

बस अनियन्त्रित भई सडकको भित्तामा पल्टिएको प्रहरीको भनाइ छ । चालक सल्यान छत्रेश्वरी गाउँपालिका–३ दारिमज्युलाका ४० वर्षीय ठाकुरसिहं विक फरार रहेको प्रहरीले बताएको छ।