Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

गाँजासहित विराटनगरमा होटल सञ्चालक पक्राउ


समृद्ध अनलाईन १८ भाद्र २०७८, शुक्रबार १७:५२ मा प्रकाशित ( हफ्ता अघि) १४६४६ पाठक संख्या

विराटनगर, भदौ १८ गते । विराटनगर – ११ मा जनपथ टोलमा होटल सञ्चालन गर्दै आएका एक जना गाँजासहित पक्राउ परेका छन् । प्रहरीले विराटनगर ११ जनपथटोलका ३९ वर्षिय भिम कामतलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

मोरङ प्रहरी र बखरी प्रहरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भुवन श्रेष्ठको प्रहरी टोलीले कामतको घरदेखि लुकाएर राखिएको करिब पाँच केजी गाँजा पनि बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको गाँजा पहाडी जिल्लादेखि ल्याएको खुलेको छ । पक्राउ परेका कामतले घरमा राखिएको गाँजा प्याकेट बनाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ । प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि कामतले १ सय देखि २ सय रूपैयाँसम्मको प्याकेट बनाएर गाँजा बिक्री गर्ने गरेका थिए ।

उनी लागूऔषध प्रयोगकर्ता र गाँजाको पनि कारोबार गर्ने गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानमा खुलेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका कामतलाई  अहिले जिल्ला प्रहरी कार्यालय मोरङ पुर्याएको छ । पक्राउ परेका कामत विराटनगर – ११ जनपथ टोलस्थित स्कूल छेउमा होटल संचालन गर्दै आएका थिए ।