Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

पिकअपको ठक्करबाट बालकको मृत्यु


समृद्ध अनलाईन १८ भाद्र २०७८, शुक्रबार १८:०० मा प्रकाशित ( हफ्ता अघि) ५६५७ पाठक संख्या

दमक/ झापा, भदौ १८ गते । झापाको कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् ।

बिहिबार दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३-००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।

पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिनलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।