Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

करेन्ट लागेर पोलबाट लड्दा एक जनाको मृत्यु


समृद्ध अनलाईन १९ भाद्र २०७८, शनिबार २१:२५ मा प्रकाशित ( हफ्ता अघि) १५०५० पाठक संख्या

ओखलढुंगा, भदौ १९ गते । ओखलढुंगाको मनोभञ्ज्याङ गाउँपालिकामा करेन्टको झड्का लाग्दा पोलबाट लडेर एक जनाको र्मत्यु भएको छ । सिद्धिचरण नगरपालिका ४ का २१ बर्षीय निखिल फुयल करेन्टको झड्का लागेर सोलारको पोलबाट लड्दा उनको मृत्यु भएको छ ।

शनिबार बिहान १० बजे मानेभन्ज्याङ गाउँपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागी पोलबाट लडी घाईते भएका उनको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

फयलको शव पोष्टमार्टमकोलागि जिल्ला अस्पताल पठाएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।