Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

चट्याङ्गमा परेर सात जना बेहोस, एक दर्जन घरमा क्षती


समृद्ध अनलाईन २१ भाद्र २०७८, सोमबार ०७:११ मा प्रकाशित ( हफ्ता अघि) ४४९४६ पाठक संख्या

ओखलढुंगा, भदौ २१ गते । ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन ।

चट्याङ्गलागेर स्थानीय विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था भने गम्भीर रहेका छ । गम्भीर अबस्थामा रहेका तीनैजनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल सोबरु पुर्याईएको छ । चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको बेतिनीका वडा अध्यक्ष दामोदर धमलाले जानकारी दिए । चट्याङले लागेर बेहोस भएका मध्ये चार जनाको पछिल्लो अबस्था सामान्य रहेको र तीन जनाको अबस्था भने गम्भिर रहेको उनको भनाइ छ ।

चट्याङले लागेर स्थानीयका एक दर्जन बढि घरमा क्षति पुगेकोे छ । आधा दर्जन बढी दुहुना भैसी, गाई तथा अन्य पशु चौपाया मरेको वडा अध्यक्ष धमलाले बताउनुभयो । घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयवाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको क्षतिको विस्तृत विवरण भने आउन बाकी रहेको प्रहरीको भनाइ छ ।