Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

संखुवासभाको मादीमा एकै परीवारका छ जनाको विभत्स हत्या


समृद्ध अनलाईन २१ भाद्र २०७८, सोमबार ११:१९ मा प्रकाशित ( हफ्ता अघि) १७७७७ पाठक संख्या

संखुवासभा, भदौ २१ गते। संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको छ।गएराति मादी –१ स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या भएकाे हाे ।

सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानिय  ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए।

घटनाको थप विवरण आइसकेको छैन् ।  मृतक केहीको शव घर भित्र केहीको बारीमा र खोलामा पनि भेटिएको र शरीरमा चोट रहेकाले हत्याको आशंका गरिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी सहितकाे प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ ।