Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

ओखलढुंगामा शुक्रबार मध्य दिउँसै हत्या, भाइ र भतिज पक्राउ


समृद्ध अनलाईन २५ भाद्र २०७८, शुक्रबार २२:२० मा प्रकाशित ( हफ्ता अघि) ५४७४३ पाठक संख्या

ओखलढुंगा, भदौ २५ गते । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कमा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ । ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको हो ।

तामाङको हत्यामा आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र उनका छोरा ३६ बर्षीय बिर बहादुर तामाङको संलग्नता रहेको छ । शुक्रबार दिउँसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली घटनास्थल पुगी खुकुरी सहित हत्यामा सम्लग्न दुवै जनालाई पक्रmाउ गरेको छ । हत्यामा प्रयोग भएको खुकुरी र दाऊ सहित उनिहरुलाइ पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको थियो । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल गएको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तर रहेको छ ।