Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

ग्यास लिक भई अर्जुनधारामा आगलागी, तीन घाइते


समृद्ध अनलाईन २६ भाद्र २०७८, शनिबार २२:०३ मा प्रकाशित ( हफ्ता अघि) १८७८७ पाठक संख्या

अर्जुनधारा, भदौ २६ गते । अर्जुनधाराको वडा नं. ७ मा नयाँ ग्यास सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा झापा अर्जुनधारा–७ का ४२ वर्षीय रोमनाथ खनाल, ३८ वर्षीया श्रीमति दुर्गा खनाल र १८ वर्षीय छोरा पंकज खनाल रहेका छन् ।

शनिवार साँझ नयाँ ग्यास सिलिण्डर जोडने क्रममा ग्यास लिक हुँदा आगलागी भएको हो । अगलागीबाट रोमनाथको शरीर जलेकोले उनको अवस्था गम्भीर रहेको र उनी सामान्य बोल्न सक्ने अवस्थामा मात्र रहेका प्रहरीले जनाएको छ । आगलागीबाट खनालका श्रीमती र छोराको शरिर पनि जलेको छ । आगलागीबाट घाइते भएकाहरुको उपचारका लागि विराटनगरस्थि नोवेल अस्पताल पठाइएको जिल्ल प्रहरी कार्यालय झापाल जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली पुगेको थियो । प्रहरी, स्थानीयबासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । सुरक्षाकर्मी र स्थानीयबासीको सक्रियातामा ठुलो क्षति हुन नपाएको स्थानीयको भनाई छ ।