Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

ओखलढुंगामा जिप दुर्घटना एकको मृत्यु,९ घाइते


समृद्ध अनलाईन २७ भाद्र २०७८, आईतवार १५:४२ मा प्रकाशित ( हफ्ता अघि) ३१८१६ पाठक संख्या
ओखलढुंगा,  भदौ २७ गते । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको मितेरीभञ्ज्याङ नजिकै आज दिउँसो जिप दुर्घटना भएको छ  । दुर्घटनामा परि एकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
दुर्घटनामा परि बारा जिल्ला ठेगाना भएका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनामा परि घाईते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. २ का चालक वर्ष ३० का केशव कटवाल, काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं। ११ का वर्ष ३८ का मानकाजी तामाङ, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोलीका वर्ष २६ का टेक बहादुर योगी, योगीका श्रीमती वर्ष २० को हिरामाया योगी घाईते भएका छन् । त्यस्तैगरि घाईते हुनेहरुमा रामेछाप जिल्ला वेतालीका वर्ष २८ की राधिका योगी, उनका छोरा बर्ष १२ का अभिषेक योगी, वर्ष ४ का निरज योगी, वर्ष १ की छोरी अनुषा योगी र लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरका वर्ष १० का प्रभात गिरी रहेका छन् ।
जिल्लाको निशंखेबाट काठमाडौँ जाँदै गरेको १० जना सवार बा ११ च ५२१० नम्बरको जिपमा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए  । उनका अनुसार घाइतेहरुको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि चारजनालाई एम्बुलेन्स मार्फत काठमाण्डौं पठाइएको र बाँकी ५ जनाको अवस्था गम्भिर भएका कारण हेलीकप्टर मार्फत काडमाण्डौं पठाउने तयारी भइरहेको छ ।
दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।