Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

लागूऔषध सहित दुई भारतीय सहित ४ जना पक्राउ


समृद्ध अनलाईन २८ भाद्र २०७८, सोमबार १७:२६ मा प्रकाशित ( हफ्ता अघि) ५४५५ पाठक संख्या
अर्जुनधारा , भदौ २८ गते । झापा र सुनुरस्का विभिन्न स्थानबाट लागुऔषध सहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र  २५ बर्षीय रोशन मण्डल र झापा भद्रपुर नगरपालिकाका २२ बर्षीय सुमन तामाङ रहेका छन् ।
सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट प्रहरीले लागूऔषध दुईजना भरतीय नगरिक सहित ३ जनालाई पक्राउ गरेको हो । शनिबार दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद रु. २० हजार सहित पक्राउ गर्को जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको  छ । पक्राउ परेका तिनैजना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरीले जनाएको छ ।
त्यस्तै गरी झापा भद्रपुर नगरपालिका ८ बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित २२ बर्षीय सुमन तामाङ लाइ पक्राउ गरेको छ  । उनलाइ पनि शनिबार दिउँसो ३ बजे ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम सहित बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।