Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

बस र ट्रक एक आपशमा ठोकिँदा तीन जनाको मृत्यु, २४ घाइते


समृद्ध अनलाईन २९ भाद्र २०७८, मंगलवार १२:१५ मा प्रकाशित ( हफ्ता अघि) ६४६५ पाठक संख्या
नवलपरासी, भदौ २९ गते । पूर्वी नवलपरासीको पूर्ब पश्चिम राजमार्गको गैँडाकोटमा यात्रुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी २४ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सुदूर पश्चिम प्रदेश.–०२–००१ ख ११२३ नं.को बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडकदेखि १० फिट तल खस्न जाँदा तीन जनाको मृत्यु भएको र २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुुनेमा बर्दिया बाँसबारी नगरपालिका ८ बस्ने वर्ष ७० की योगमाया सुवेदी, कञ्चनपुर बस्ने वर्ष ४० की रंगी तिरुवा र कञ्चनपुर महेन्द्रनगर झलारी बस्ने वर्ष ३५ का कृष्ण राना रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना आज बिहान ४ बजे भएको थियो भने सो दुर्घटनामा परी दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए  ।