Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, छ जना घाईते


समृद्ध अनलाईन २९ भाद्र २०७८, मंगलवार १९:२० मा प्रकाशित ( हफ्ता अघि) १९२० पाठक संख्या

जाजरकाेट,भदौ २९ गते । जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।  जिल्लाको  बारिकोट गाउँपालिका ९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना भएको हो

दुर्घटनामा  परि मृत्यु हुनेमा जाजरकोट बारेकोट २ की ४४ बर्षीया शान्ति रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताउनुभयो । दुर्घटनामा छ जना घाईते भएको उहाँले बताउनुभयो ।

घाईतेको जिल्ला अस्पताल जाजरकोटमा  उपचार भइ रहेको छ । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ भने अरुको अवस्था सामान्य रहेको प्रहारीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।