Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु


समृद्ध अनलाईन २ आश्विन २०७८, शनिबार ०८:५४ मा प्रकाशित ( हफ्ता अघि) १०८०८ पाठक संख्या

बर्दिया । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा तीनैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक कविराज रोकायले जानकारी दिनुभयो ।

धानखेतमा विद्युतीय पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँकाले जनाएको छ ।

जंगली जनावारबाट खेतवारीमा लगाइएको अन्नबाली जोगाउनका लागि विद्युतीय पासो थाप्दा यस अघि पनि करेन्ट लागेर दुई वटा जंगली हात्ती र एक जना युवाको मृत्यु भैसकेको छ ।