Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

जसले मेयरलाई मुक्का हाने उनि एमालेकै कार्यकर्ता


समृद्ध अनलाईन ४ आश्विन २०७८, सोमबार २१:४५ मा प्रकाशित ( हफ्ता अघि) १०८०८ पाठक संख्या

बुटवल, असोज ४ गते । बुटवलका मेयर शिवराज सुवेदीलाई नेकपा एमालेकै कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य गणेश पंगेनीले मुक्का हानेका हुन् ।

उनले पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा पुगेका नगर प्रमुख सुवेदीलाई पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका छन् । उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा तथा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।

पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले ज्योतिनगरका बासिन्दा नगरपालिका संग आक्रोशित भएका छन् । गएको भदौ १३ गते पहिरो खस्दा ज्योतिनगरमा दुई दर्जन घरमा क्षति पुगेको थियो । आजको पहिरोले त्यहाँ थप नौ घरमा क्षति पुर्‍याएको छ ।