Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

शेर्पा सञ्चार समुह ओखलढुंगाले समाचार लेखन तालिम सञ्चालन गर्दै


समृद्ध अनलाईन ५ आश्विन २०७८, मंगलवार २२:०२ मा प्रकाशित ( हफ्ता अघि) १४७४७ पाठक संख्या

दावा जाङ्बु शेर्पा/ ओखलढुंगा, असोज ५ गते । ओालढुंगामा शेर्पा सञ्चार समुह, नेपाल जिल्ला कार्यसमितिले जिल्लामै पहिलोपटक समाचार लेखन संवन्धि तालिम सञ्चालन गर्ने भएको छ । समुहले असोज १८ देखि २५ गत सम्म जिल्लाको खिजीदेम्ब गाउँपालकाको केन्द्र खिजीफलाटेमा समाचारलेखन तालीमको आयोजना गरेकोे हो ।

विभिन्न सञ्चार माध्यममा काम गरी अनुभव प्राप्त प्रशिक्षकबाट तालिम दिइने भएको हुदा मोफसलमा यो तालीम प्रभावकारी हुने देखिएको छ । समुहले सबै समुदायलाई लक्षित गरी तालीम संचालन गर्न लागेकोे संस्थाका सचिव शेरसाङ्गे शेर्पाले बताए । खिजीदेम्बा गाउाँलिकाको केन्द्रमा सञ्चालन हुने तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषयमा प्रशिक्षण दिईने समुहका उपाध्यक्ष छोटी शेर्पाको भनाइ छ । तालीमको सहजिकरण रामनाथ घिमिरेले गर्ने बताइएको छ ।

समुहले शेर्पा समुदायमा सञ्चर माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रम पनि आयोजना गर्दै आएको छ । वार्षिक कार्यक्रम अन्तर्गत जिल्लामा नियमितरुपमा पत्रकारिता, फोटोपत्रकारिता, उद्घोषण, लगायत सञ्चारसँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ ।

विशेषगरी मूलधारको मिडियामा उपस्थिती बढाउन तालिमले भूमिका खेल्ने’ विश्वास रखिएको छ । तालीम असोज १८ गतेबाट सञ्चालन भई ७ दिन सम्म सञ्चालन हुने बताइएको छ ।